विदेशमा रहेका ३९ हजार ५२८ नेपालीमा कोरोना संक्रमण : २२६ जनाको मृत्यु

विभिन्न देशमा रोजगारी र शिक्षाका लागि पुगेका नेपाली विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको मारमा परेका छन् । 

गैर आवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिबारसम्म विभिन्न देशमा रहेका ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन् । जसमध्ये ४२ देशमा रहेका ३५ हजार ९ सय १६  जना नेपाली कोरोना मुक्त भएका छन् । ​

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विभिन्न १८ देशका दुई सय ६६ नेपालीको कोरोनाले मृत्यु भएको छ ।

नेपालमा मात्र ८४ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । जसमध्ये ६२ हजार ७ सय ४० जना डिस्चार्ज भएका छन् । 

अहिलेसम्म नेपालमा ५ सय २८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।  
 





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १०:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया