कोरोनाबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु

विश्वभर कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट सङक्रमित हुनेको संख्या विश्वभर ३ करोड ५१ लाख  ४० हजारभन्दा बढी पुगेको छ  । कुल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजारभन्दा बढी मानिस सक्रिय सङ्क्रमित छन् । 

विश्वभर अझै पनि ६६ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेसा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ ।  कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म २ लाख १४ हजारको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना संक्रमण भएको छ । 

कोरोना सङ्क्रमणका कारण दोस्रो स्थानमा रहेको अर्थात् विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ । आजसम्म प्राप्त समाचारअनुसार भारतमा ६५ लाख ४९ हजारभन्दा बढीलाई  कोरोना सङ्क्रमण भएको र यस सङ्क्रमणबाट १ लाख १ हजार ९६० जनाको मृत्यु भइसकेको छ ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा १ लाख ४६ हजारको मृत्यु भएको छ । 

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ४ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार २५१ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।



दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा कोरोनाको प्रकोप बढ्दो रुपमा रहेको केही दिन अगाडि एकै दिनमा  २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको थियो 

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।



  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १६:४६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया