नयाँ दिल्लीका विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द रहने

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँ दिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतबार बताएका छन् । 

‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चाँडै जारी गरिनेछ,’ सिसोडियालाई भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्सले उद्धृत गरेको छ ।

यो घोषणा भारतमा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक भए पनि खोल्ने भनी गरिएका हल्ला र अनुमानबीच आएको हो । 

यस पहिलेको निर्देशनमा महामारीका कारण नयाँ दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो । 

संघीय सरकारले गत सेप्टेम्बर ३० मा कोरोनाको लकडाउनलाई थप खुला गर्नका लागि नियमहरू सार्वजनिक गरिएको थियो । 

यद्यपि विद्यार्थीहरूले अनलाइन कक्षाहरूमा सामेल हुन चाहेमा उनीहरूलाई यसका लागि अनुमति दिइएको छ । विद्यार्थीको हाजिरका लागि बाध्य पार्न नपाइने र अविभावकको सल्लाहमा अनलाइन कक्षामा सहभागिता गराउन सकिने सरकारी निर्देशनमा उल्लेख छ ।



विश्वमा कोरोनाका कारण दोस्रो बढी प्रभावित भारतमा दिल्ली छैटौं बढी प्रभावित राज्य हो । दिल्लीमा अहिलेसम्म २ लाख ८७ हजार ९३० व्यक्ति कोभिड सङ्क्रमित भएकोमा ५ हजार ४७२ व्यक्तिको मृत्यु भएको छ । 

आइतबारको तथ्याङ्क अनुसार भारतमा कुल ६५ लाख ४९ हजार ३७३ व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने १ लाख १ हजार ७८२ जनाको मृत्यु भएको छ ।



  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार १९:४१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया