राती भाेक लागे के खाने ?

एजेन्सी— कहिलेकांही राती अबेरसम्म कामकै लागि भनेर बस्नु पर्ने हुन्छ । अनि यसरी रात अबेरसम्म बस्दा भाेक लाग्ने सम्भावना पनि बढी हुन्छ । यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको छ भने गलत गर्नुभएको छ । किनकि, रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ ।

त्यसैले स्वास्थ्यका लागि यस्तो समयमा फलफूल प्रयोग गर्दा निकै लाभदायक हुन्छ । तपाईंले डिनर गरेको केही समयपछि हरेक दिन फलफूल प्रयोग गर्दा राम्रो हुन्छ ।

सुत्नुअघि फलफूल खाँदा आवश्यक पोषण तत्व प्राप्त गर्न सकिन्छ । फलफूलबाट भिटामिन, मिनरल्स, फाइटोकेमिकल र फाइबरको मात्रा प्राप्त गर्न सकिन्छ । जसले स्वास्थ्यमा सकारात्मक असर पार्छ । अस्वस्थकर चिनी र फ्याटयुक्त स्न्याक्सको प्रयोगले स्वास्थ्यमा हानि पुर्याउँछ  ।





  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार २१:४५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया