मिर्गौलाको पत्थरी हटाउने ५ घरेलु औषधि

मिर्गौलाको पत्थरी विभिन्न कारणले हुन्छ । हाम्रो गलत लाइफस्टाइल, गलत आहार तथा फोहोर खाना र पानी यसका कारण बन्न सक्छन् । 

पछिल्लो समय विश्वभर मिर्गौलाको पत्थरी हुनेको संख्या व्यापक छ । त्यसमध्ये आधाजसोलाई त पत्थरीबारे पत्तै हुन्न । त्यसैले, मिर्गौलाको पत्थरी निकाल्ने या पत्थर जम्ने जोखिम कम गर्ने सजिला घरेलु उपायबारे जानकारी राख्नुहोस् । 

कागतीको रस

कागतीमा पाइने साइट्रेट नामक तत्वले जमेर बसेको क्याल्सियमलाई तोड्न मद्दत गर्छ, र यसको बढ्ने गतिलाई पनि सुस्त गरिदिन्छ । खासमा पत्थरी भनेकै मिर्गौला या पित्तथैलीमा जमेर बस्ने क्याल्सियमको ढिक्का हो । मिर्गौलाको पत्थरी हटाउन हरेक दिन खानापछि कागतीको जुस पिउन सकिन्छ, या खानामै यसलाई सामेल गर्न सकिन्छ । 

गहुँको जमराको जुस

गहुँको जमराको जुुुसमा केही यस्ता तत्व हुन्छन्, जसले पिसाब बनाउन मद्दत गर्छन् । जमराको जुसले मिर्गौलामा रहेको पत्थरी पिसाबको माध्यमबाट निकाल्न मद्दत गर्छ । गहुँको जमरामा एन्टी–अक्सिडेन्ट्स हुन्छन्, जो मुत्रनलिमा जमेको क्याल्सियमलाई हटाउन मद्दत गर्छन् । 



पानी

प्रशस्त पानी पिउनु मिर्गौलाको पत्थरी हटाउने सबैभन्दा उत्तम उपाय हो । बनेको पत्थरी हटाउने मात्र नभई पत्थरी बन्न नदिनका लागि दिनमा १२ गिलासभन्दा बढी पानी पिउनु राम्रो हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन र मिर्गौलालाई पनि स्वस्थ राख्छ । यसो गर्दा शरीरमा फोहोर जमेर बस्न पनि पाउँदैन । 



तुलसी

तुलसीको पातमा केही यस्ता तत्व हुन्छन्, जुन रगतमा युरिक एसिडको मात्रा स्थिर राख्न फलदायी छन् । यसबाट मिर्गौलामा पत्थरी बन्न पाउँदैन । तुलसीमा एसेटिक एसिड पनि हुन्छ । जो मिर्गौलाको पत्थरलाई घोल्न र बाहिर निकाल्न मद्दत गर्छ । दैनिक एक चम्चा तुलसीको रस पिउनाले मिर्गौलाको पत्थरी हटाउन सकिन्छ । 

एप्पल साइडर भिनेगार 

भिनेगारमा एसेटिक एसिड हुन्छ । यसले जमेको क्याल्सियमलाई टुक्राएर बाहिर निकाल्न मद्दत गर्छ । हरेक दिन खाना खाएपछि एप्पल साइडर भिनेगारलाई पानीमा मिलाएर पिउनु मिर्गौलाको लागि राम्रो हुन्छ । 

(यी घरेलु उपाय हुन् । मिर्गौलाको पत्थरी निकाल्नका लागि यी उपाय सहयोगी त छन्, तर पर्याप्त नहुन सक्छन् । त्यसैले, मिर्गौलाको पत्थरी या अन्य कुनै समस्या देखिनेबित्तिकै डाक्टरको सल्लाह लिन नभुल्नुहोला । पत्थरी नभएकाका लागि भविष्यमा हुन सक्ने जोखिम घटाउन पनि यी विधि फलदायी हुन सक्छन् ।)

  • प्रकाशित मिति : असोज १८, २०७७ आइतबार २१:१९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया