तीन जिल्ला जहाँ छन् ३ हजारभन्दा बढी कोरोना संक्रमित

गत वर्ष डिसेम्बरमा सबैभन्दा पहिले चीनमा देखिएको कोरोनाभाइरस अहिले नेपालका लागि पनि कहर बनिसकेको छ । पछिल्ला केही दिन यता नेपालमा दैनिक १५ सयको औसतमा कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

नेपालमा कूल भेटिएका कोरोनाभाइरस संक्रमितमध्ये ७० प्रतिशतभन्दा बढी काठमाडौंमा रहेका छन् । 

काठमाडौंमा मात्रै अहिलेसम्म कम्तिमा पनि २४ हजारभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भइसकेको छ । त्यस्तै, मोरङमा पनि कोरोनाभाइरस संक्रमितको संख्या निकै बढिरहेको छ । मोरङमा सोमबार विहानसम्मको तथ्यांकअनुसार ४ हजार कोरोनाभाइरस संक्रमित पुगेका छन् । 

त्यस्तै, रुपन्देहीमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । रुपन्देहीमा अहिलेसम्म ३ हजार ४७ भन्दा धेरैमा कोरोनाभाइरस संक्रमित भेटिइसकेका छन् ।

यी तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमितले ज्यान गुमाएका छन् । काठमाडौंमा मात्र अहिलेसम्म १ सय ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १२:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया