बिर्तामोडमा खुल्यो प्लाज्मा बैंक
प्रतीकात्मक तस्बिर

झापाको बिर्तामोडमा कोरोना संक्रमित बिरामीका लागि प्लाज्मा बैंक सञ्चालनमा ल्याइएको छ ।

एकका लागि एक अभियानको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी झापाले बिर्तामोडस्थित रक्त सञ्चार सेवा कार्यालय भवनमा प्लाज्मा बैंक स्थापना गरेको हो ।

रक्त सञ्चार केन्द्रमा प्लाज्मा थेरापीका लागि दुई वटा कम्पोनेन्ट मेसिन छन् । त्यसमध्ये एउटालाई कोरोना संक्रमित बिरामीका लागि आवश्यक प्लाज्मा संकलनमा प्रयोग गरिने बताइएको छ । 

प्लाज्मा बैंकका लागि प्लाज्मा सेपरेटर, माइनस ४० डिग्री सेल्सियसको फ्रिज, २ वटा बेडलगायतका उपकरण जडान गरेको रेडक्रस बिर्तामोडले जनाएको छ ।

प्लाज्मा बैंक स्थापना गर्न एकका लागि एक अभियानले नगद ११ लाख रुपैयाँ सहयोग गरेको छ । प्लाज्मा थेरापीका लागि कोरोना संक्रमण भई निको भएका व्यक्तिको रगत आवश्यक हुन्छ । 

कोरोना संक्रमित व्यक्तिबाट निको भएको १४ दिनदेखि ३ महिना समयावधिभित्र रगत संकलन गर्नुपर्ने रेडक्रस जिल्ला सभापति लोकराज ढकालले बताए ।



कोरोना संक्रमण भई उपचारमा रहेकामध्ये गम्भीर अवस्थाका बिरामीलाई प्लाज्मा थेरापी पद्धतिबाट उपचार गर्ने गरिन्छ ।

प्लाज्मा थेरापीका लागि जिल्लाका ४० जनाले रगत दिन नाम लेखाएको ढकालले जानकारी दिए ।



बैंकको शुभारम्भसँगै इलाममा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक चिरन्जीवी प्रसाई र झापाको चन्द्रगढीस्थित सशस्त्र प्रहरीको २ नम्बर गणमा कार्यरत जवान सञ्जित धमलाले रगत दिएका छन् । 
 

  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार १७:५३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया