कांग्रेस नेता पौडेलको आक्रोश : सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जानेलाई जनताले के सजाय दिने ?

सरकारले २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आक्रोश व्यक्त गरेका छन् । 

सोमबार ट्विट गर्दै वरिष्ठ नेता पौडेलले डा. गोविन्द केसीले पनि गोरखाका नन्दप्रसाद अधिकारीकै नियति भोग्नु पर्ने हो ? भनेर सरकारमाथि प्रश्न गरेका छन् ।  भनेका छन्, ‘खतमाफहरुलाई एक प्रश्न– म फेरि सोध्छु, कम्युनिष्ट सरकारसँग के डा. गोविन्द केसीले पनि गोरखाका नन्दप्रसादकै नियति भोग्नुपर्ने हो ?’

‘सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जानेहरुलाई जनताले के सजाय दिने भन्दै उनले लेखेका छन्, ‘के नेपालमा कम्युनिष्टका सबै खत माफ हुने ? आखिर कहिलेसम्म ?’

 





  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार २०:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया