कांग्रेस कता छ भनेको होइन, प्रदेश सभामा देखियो नि !

देशको प्रमुख प्रतिपक्ष हो, नेपाली कांग्रेस । 

तर, सरकारले गरेका कामहरुको राम्रोसँग आलोचना र समीक्षा गर्न नसकेपछि कांग्रेसलाई प्रतिपक्ष मात्र मानिएको थियो, यसले काम गरेन भन्ने आलोचना हुन थालेको थियो । 

सोमबार चाहिँ यो दृश्य अलिक फरक देखियो । किनकि प्रदेश ५ को प्रदेश सभामा सोमबार कांग्रेसका सांसदले जे गरे, त्यसको विरोध र आलोचना अहिले पनि भइरहेको छ । चर्को आलोचना हुँदा कांग्रेसमाथि अहिले सामाजिक सन्जालमा व्यंग्य पनि उत्तिकै गरिएका छन् । 

अधिकांशले कांग्रेसलाई यो घटनासँग जोडेर निकै नराम्रो आलोचना गरिरहेका छन् । 

कतिले चाहिँ यसलाई व्यंग्य गरेका छन् । 

सामाजिक सन्जाल फेसबुकमा कबिर खड्गी नामका एक प्रयोगकर्ताले लेखेका छन्– ३ वर्षपछि प्रतिपक्षको नोक्सानी वाला पुनरागमन ।



त्यस्तै, किरण खनालले पनि सामाजिक सन्जालमा व्यंग्य गरेका छन्– खै प्रतिपक्षी भन्या होइन रु बुटवल तिर हेर्ने कि । जहिलै प्रतिपक्षी काङ्रेस सुत्यो हरायो भनेर हेप्नि !



  • प्रकाशित मिति : असोज १९, २०७७ साेमबार २२:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया