प्रेमीको हत्या पछि मासु पकाएर कामदारलाई भोजन !

एजेन्सी– मोरक्कोमा एक महिलामाथि पूर्वप्रेमीको हत्या गरी शव टुक्रा टुक्रा पारेको घरमा काम गर्ने मजदुरलाई खान दिएको आरोप लागेको छ । मजदुरले खाएर बचेको खाना छिमेकीको कुकुरलाई दिएकी थिइन् । 

३० वर्षीया ती महिलाले आफ्ना पूर्वप्रेमीलाई मारेको स्वीकार गरेकी छन् । सात वर्षदेखि आफूले आर्थिक सहयोग गर्दा पनि पूर्वप्रेमीले धोका दिएको आरोपमा हत्या गरेकी हुन् । 

हत्या गरिएका युवकको भाइले जनवरीमा दाई वेपत्ता भएपछि रिपोर्ट दर्ता गराएका थिए । भाइका अनुसार उनीहरु दुवै जना लामो समयसम्म सँगै बसेका थिए । पछि युवकले अर्कै महिलासँग विवाह गरे । 

मृतकको दाँत ती महिलाको घरमा देखेपछि हत्या गरेको हुन सक्ने शंकामा प्रहरीलाई खबर गरेको मृतकका भाइ बताउँछन् । डिएनए टेस्ट गराउँदा दाँत पीडितको भएको प्रमाणित भयो । प्रहरीको अनुसन्धानले युवकको हत्या भएको निष्कर्ष निकाल्यो ।

ति महिलाले प्रहरीसँग बयानमा युवकको शरीर साना साना टुक्रामा काटेर मासु पकाएर खुवाएको र घर सफा गर्न आफ्नो साथीलाई बोलाएको बताएकी थिइन् । 

उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्धा दर्ता गरेको छ । 





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया