ज्याक मासँग अनुहार मिल्याे, व्यापार दाेब्बर भयाे !

एजेन्सी– चीनको झेजियांग प्रान्तको तोगसांग शहरमा अलिबाबाका मालिक ज्याक मासँग अनुहार मिल्दाजुल्दा एक व्यक्ति ग्रोसरी स्टोर सञ्चालन गर्छन् । ज्याक मा सँग अनुहार मिलेकै कारण उनलाई धेरै फाइदा पुगेको छ ।

३९ वर्षीय के वु सुएलिनलाई देख्दा धेरै मानिसहरु उनलाई असली ज्याक मा भनेर झुक्किने गर्छन् ।  ज्याक मा जस्तै देखिने सुएलिनको चीनमा लोकप्रियता निकै बढेको छ । सामाजिक सञ्जालमा पछिल्लो केही महिनामा उनको फलोअर्सको संख्या १३.५ लाख पुगेका छन् । 

आफ्नो लोकप्रियता बढ्दै गएपछि उनले नाम परिवर्तन गरी सामाजिक सञ्जालमा लिटिल ज्याक मा लेखेका छन् । सुएलिनसँग भेट्न मानिसहरु टाढा टाढाबाट तोगसांग शहर आउने गर्छन् । उनको व्यापारमा समेत दोब्बर वृद्धि भएको छ । 

उनका अनुसार कतिपय मानिस उनलाई ज्याक मा भनेर भ्रमित समेत हुन्छन् र सेल्फी खिच्छन् । सामान लिन आउने कतिपय ग्राहकले उनलाई ज्याक मा भनेर पनि बोलाउँछन् । 

ज्याक मा देखिनु आफ्नो लागि खुशी र गर्वको कुरा भएको सुएलिन बताउँछन् । उनले ज्याक मालाई पनि भेटिसकेका छन् । माले सुएलिनलाई सहयोगको प्रस्ताव गरेपनि उनले आफ्नो ग्रोसरी स्टोर छोडेर अन्त नजाने बताइसकेका छन् । 

हुआंग नामका एक व्यक्तिले ज्याक मा जस्तो देखिन अनुहार प्लास्टिक सर्जरी समेत गरेका थिए, यसबाट अलिबाबा कम्पनीका मालिक ज्याक मा चीनमा कति लोकप्रिय छन भनेर बुझ्न सकिन्छ । यसका लागि उनले १ करोड रुपैया खर्च गरेका थिए । 



यो बाहेक ९ वर्षीय एक बालक ज्याक मा जस्तै देखिने भनेर दावी गरिएको छ । सामाजिक सञ्जालमा ती बालकको तस्वीर भाइरल भएपछि उनलाई पढाई खर्च समेत उठाइएको छ । 



  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया