चितवनमा कोरोना संक्रमणबाट वृद्धको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको  कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनिया र श्वासप्रश्वासबाट समस्या भई ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।

उनलाई उपचारका क्रममा  असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँगै उनलाई  कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । 





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार ११:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया