मोदी र सी जिनपिङ नोभम्बरमा आमने–सामने हुँदै

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सी जिनपिङ नोभेम्बरमा आमने–सामने हुने भएका छन् । भारतीय अंग्रेजी अखबार इन्डियन एक्प्रेसका अनुसार यी दुई राष्ट्र प्रमुख १७ नोभेम्बरमा भिडियो कन्फिरेन्समार्फत् ब्रिक्स सम्मेलनमा सहभागी हुनेछन् । 

रुसले सोमबार दिएको जानकारी अनुसार ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सामेल हुने १२ औं ब्रिक्स सम्मेलन यस पटक भर्चुअलमाध्यमबाट हुनेछ ।

पछिल्ला ६ वर्षमा मोदी र सीबीच कम्तीमा पनि १८ पटक भेटवार्ता भएको छ, तर उनीहरुबीच कुनै पनि भेटमा सीमा विवादबारे वार्ता भएको छैन । 

१७ नोभेम्बर अगाडि यी दुईबीच कुनै पनि किसिमको बैठक वा फोन वार्ताको योजना बनेको छैन, तर सूत्रका अनुसार वार्ताको सम्भावनालाई नकार्न भने मिल्दैन ।
 





  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १७:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया