अञ्चलकै नामबाट प्रदेशको नामकरण गर्नु महेन्द्रपथ भएको जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बताएका छन् ।
प्रदेश ५ को नाम लुम्बिनी कायम भएको भोलिपल्ट बुधबार ट्विटरमा लेख्दै भट्टराईले यसलाई सहिदको अपमान भनी टिप्पणी गरेका छन् । जातीय पहिचानका आधारमा प्रदेशको नाम हुनुपर्ने तर्क उनको छ ।
‘हिजो मगरात,तमुवान, ताम्सालिङ, नेवा, स्वायत्त प्रदेशका पदाधिकारी अहिले, लुम्बिनी, गण्डकी, वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो उनले लेखेका छन् ‘मरेर शहीद हुनेहरू हो,बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ’
उनले सहिद लली रोका, सुरेश वाग्लेसँग माफीसमेत मागेका छन् ।
हिजो मगरात/तमुवान/ताम्सालिंग/नेवा: स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री७खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी/गण्डकी/वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो:”मरेर शहीद हुनेहरू हो,बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ!”सरी लली रोका,सुरेश वाग्ले..!
— Baburam Bhattarai (@brb1954) October 6, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।