८ किलो अफिमसहित खोवारी प्रसाद समातिए

पर्सा प्रहरीले आठ किलोग्राम अफिमसहित एकजनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले गएराति आठ किलो ग्राम अफिमसहित कालिकामाई गाउँपालिका निबासी खोवारी प्रसादलाई नियन्त्रण लिएको हो । 

खोवारीले कालिकामाइ वडा नम्बर १ तीनडुवियास्थित आफ्नो घरमा लागुऔषध राखेको सूचना प्रहरीलाई आएको  प्रहरी उपरीक्षक गंगा पन्तले जानकरी दिइन्। सूचना आएपछि प्रहरीको टोलीले छापामारी सो परीमाणको लागुऔषध बरामद गरेको  प्रहरी उपरीक्षक पन्तले जानकरी बताइन्।


पक्राउ परेका खोवारीलाई अहिले इलाका प्रहरी कार्यालय पोखरीयामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।





  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार १२:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया