काँग्रेस नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरुयोजना खारेज गर्नुपर्ने बताएका छन् । अहिलेको गुरुयोजना खारेज गरेर पुरानो गुरुयोजनाको समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन् । थापाले भनेका छन्, ‘पशुपति क्षेत्र विकास कोषको ‘नयाँ गुरुयोजना ! न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै । यो गुरुयोजना नै हैन ! अतः यसलाई खारेज गरौँ । पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ । तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो।’
पशुपति क्षेत्रको विकासका लागि भनेर ल्याइएको गुरु योजनाका बारेमा सरोकारवालाको बिरोध हुँदै आएको छ ।
पशुपति क्षेत्र विकास काेषको"नयाँ गुरुयोजना"! न त निर्माण प्रक्रिया मिल्छ न त सामाग्री नै।
— Gagan Thapa (@thapagk) October 7, 2020
यो गुरुयोजना नै हैन!
अत: यसलाई खारेज गरौँ।पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ।तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागीतामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकार संग हाम्रो माग हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।