राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ ।
राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका हुन् ।
अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुनः एकीकृत गर्न सकेकोमा खुसी ब्यक्त गर्दै गौरव लागेको बताए ।
एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहनेछ भने चुनाव चिन्ह ‘हलो’ हुने भएको छ । निर्बाचन आयोगलाई धन्यवाद दिँदै थापाले सामाजिक सञ्जालमा थप लेखेका छन् –“अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ र चुनावचिन्ह ‘हलो’ हुनेछ ।
राप्रपाको चुनाव चिन्ह जनतासम्म पुर्याउने प्रचार अभियानअन्तर्गत मेरो सामाजिक संजालको प्रोफाइलमा आजैदेखि ‘हलो’ अंकित गरेको छु ।
पार्टीका साथीहरूलाई पनि सो बमोजिम गर्न आग्रह गर्दछु ।’
राप्रपा र राप्रपा(संयुक्त)को एकिकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ।आयोगलाई धन्यवाद।
— Kamal Thapa (@KTnepal) October 7, 2020
२०७३ सालको एकता महाधिवेशन पछि विभाजित भएको पार्टीलाई आफ्नै कार्यकालमा पुन: एकिकृत गर्न सकेकोमा खुसी छु,गौरव लागेको छ।
आगामी चुनावबाट राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प गर्दछु
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।