जाजरकोटमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु, दुई बेपत्ता

जाजरकोटको जुनीचाँदेमा यात्रुवाहक जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट बिहान छुटेको भे. १ ज. ९३५ नम्बरको यात्रुवाहक बलेरो जिप दिउँसो जुनीचाँदे–१ काप्रामा सडकबाट अवल खोलामा खसेको प्रहरीले जनाएको छ ।

जाजरकोट प्रहरीका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा परी २ जना बेपत्ता भएका छन् । घाइतेलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

दुर्घटनाको खवर आउनेबित्तिकै प्रहरी घटना स्थलतर्फ गएको उनले बताए । प्रहरी घटनास्थलमा पुगेपछि घटनाको विस्तृत विवरण आउने उनको भनाइ छ । चालकको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार १७:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया