१८ दिन जेल र २ हजार जरिवानाबाट बच्न ४ वर्षसम्म फरार
थोरै कैद र जरिवानाको सजायँबाट बच्न चार वर्षदेखि फरार रहेका राजु पासवान ।

अदालतबाट  सजायँ जरिवाना सुनाइएका धेरै अभियुक्तहरू फरार हुन्छन् । लामो समय कारागारमा बस्नुपर्ने र चर्काे जरिवाना तिर्नुपर्ने डर उनीहरुमा हुन्छ । तर जम्मा १८ दिन कैद र  बस्नुपर्ने  २ हजार जरिवानाको सजायँ तोकिएका एक व्यक्ति ४ वर्षसम्म फरार भए। 

त्यति थोरै दिन कारागार बसेर जम्मा २ हजार तिरेपछि मुक्ति पाउने हुँदाहुँदै उनी लुक्दै भाग्दै हिँडिरहेका थिए ।


ती व्यक्ति हुन् विराटनगर महानगरपालिका–१५ का ३७ वर्षीय राजु पासवान । चार वर्ष फरार रहेका उनलाई प्रहरीले विराटनगरको भट्टीमोड चोकबाट पक्राउ गरेर बिहीबार पक्राउ गर्‍यो । 

प्रहरीले अदालतमा पेस गरी जरिवाना असुल गर्दै कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । 

लागुऔषध मुद्दामा पासवानलाई जिल्ला अदालत मोरङले २०७३ साल असार ३ गते १८ दिन कैद सजाय र दुई हजार रुपैयाँ मात्रै जरिवानाको फैसला गरेको थियो । भारतबाट लिएर आउँदै गरेको अवस्थामा लागुऔषध डाइलेक्स डिसी चार बोतलसहित प्रहरीले पक्राउ गरेर उनीविरुद्ध मुद्दा चलाएको थियो । 

तत्कालिन समयमा उनी अदालतकै आदेशबाट २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । अदालतले पछि उनलाई १८ दिन कैद सजाय र दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाउँदै मुद्दाको किनारा लगायो । 



तर अदालतबाट फैसला हुँदै मुद्दा टुंगिए पनि उनी भने कैद र जरिवाना भुक्तान नगरिकन लामो समयदेखि फरार भएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । ‘फैसला अनुसार थोरै समय कैद भुक्तान र कम रकम जरिवाना तिरेको भए भइहाल्थ्यो,’ उनले भने, ‘तर सबै छाडेर लागुऔषध मुद्दामा दोषी ठहर भएका प्रतिवादी लामो समयदेखि फरार रहेको पाइयो ।’ 



  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १४:२६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया