लगानीकर्ता नाफाबुकमा केन्द्रित हुँदा बजारमा दोहोरो अंकको पहिरो

साताको अन्तिम कारोबार दिन बिहीवार अल्पकालीन लगानीकर्ता नाफा बुकतर्फ केन्द्रित हुँदा सेयर बजार घटेर बन्द भएको छ । मंगलबारदेखि निरन्तर बढेको बजारमा बिहीवार नाफा बुकको असर देखिएको हो ।

कारोबारको सुरुमा  बढेको बजार अन्तिममा ११ दशमलव ३४ अंक घटेर १ हजार ५८९ दशमलव ६३ विन्दुमा बन्द भएको हो । विगत चार वर्ष निरन्तर घटेको बजारले पछिल्लो समय गति लिन थालेको भन्दै हालको उतारचढावले आत्तिनुपर्ने अवस्था नरहेको लगानीकर्ताको भनाइ छ ।

बिहीवार ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६५ प्रतिशत घटेर ३१४ दशमलव ७४ विन्दुमा झरेको छ । १९३ ओटा कम्पनीको ४८ हजार १९९ पटकको व्यापारमा २ अर्ब ९० करोड ५० लाख ५७ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

यो दिन कुल कारोबारमा सर्वाधिक हिस्सा अरुण काबेली पावरले ओगटेको छ । अरुण काबेली पावरको १२ करोड ४१ लाख ८० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९१ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्तको शून्य दशमलव शून्य ३ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव १४ प्रतिशतले परिसूचक बढेको छ । 

यो दिन वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने जलविद्युत समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । परिसूचक घटेका नौ  समूहहरुमध्ये सर्वाधिक जलविद्युत् समूहको ३ दशमलव शून्य ८ प्रतिशतले घटेको छ ।



यस दिन बैंकिङको शून्य दशमलव ६८ प्रतिशत, व्यापारिकको शून्य दशमलव २२ प्रतिशत, होटलको १ दशमलव ७१ प्रतिशत, विकास बैंक १ दशमलव शून्य १ प्रतिशत परिसूचक घटेको छ ।

त्यसैगरी, निर्जीवन बीमा शून्य दशमलव ९३ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४३ प्रतिशत, अन्य शून्य दशमलव ५७ प्रतिशत र जीवन बीमा समूहको परिसूचक शून्य दशमलव २५ प्रतिशतले ओरालो लागेको छ ।



वित्त समूहको सबैभन्दा बढी प्रतिशतले परिसूचक बढेको दिन बिहीवार सर्वाधिक मूल्य बढ्ने १० ओटा कम्पनीभित्र अधिकांश वित्त कम्पनी रहेका छन् ।
यो दिन सर्वाधिक मूल्य बढ्ने कम्पनीहरुमा मल्टिपर्पस फिनान्स कम्पनी लिमिटेड, कर्णाली डेभलपमेण्ट बैंक, समृद्धि फाइनान्स, गोर्खाज फाइनान्स, ग्रीन डेभलपमेण्ट बैंक, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, बेष्ट फाइनान्स, आइसीएफसी फाइनान्स र सेञ्ट्रल फाइनान्स रहेका छन् । 

बिहीवार जलविद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ । यो दिन सर्वाधिक सेयरमूल्य घट्ने १० कम्पनी सबै जलविद्युत् कम्पनी रहेका छन् । 
 

  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १६:०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया