फेसबुकको सहकार्यका ७५ सय स्थानमा एक्सप्रेस वाइफाई दिँदै वर्ल्डलिंक

फेसबुकले नेपालमा एक्सप्रेस वाइफाई सेवा सुरु गरेको घोषणा गरेको छ । कम्पनीले नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकार्यमा नेपालका सात हजार ५ सय स्थानमा एक्सप्रेस वाइफाई दिन थालेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा वर्ल्डलिंकले फेसबुकसँगको सहकार्यको विषयमा आधिकारिक रुपमा जानकारी दिएको हो । वर्ल्डलिंकका अनुसार फेसबुकले उपलब्ध गराउँदै आएको एक्स्प्रेस वाइफाई नेपालका सार्वजनिक स्थानमा उपलब्ध गराइनेछ ।

फेसबुकले एक्सप्रेस वाइफाईका लागि विभिन्न देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्दै आएको छ । त्यसमा हाललाई एसियाका भारत र नेपालमा मात्र यस्तो सेवा यो सेवा उपलब्ध हुनेछ ।

दुई कम्पनीबीचको सहकार्यबाट नेपालमा सस्तो, भरपर्दाे र उच्च गतिको पब्लिक वाइफाई प्रदान गरिने बताइएको छ । त्यसका लागि फेसबुकले वर्ल्डलिंकलाई आवश्यक पूर्वाधार तथा सामग्रीसमेत उपलब्ध गराउनेछ ।

प्रयोगकर्ताले कम्पनीको पब्लिक वाइफाईमा कनेक्ट हुन् आफ्नो मोबाइल नम्बर राखिसकेपछि कोड प्राप्त हुने र त्यससबाट सजिलै रजिस्टर गर्न सकिनेछ । देशका ३० हजार ठाउँमा यो फ्री वाइफाई विस्तार गर्ने योजना वर्ल्डलिंकले बनाएको छ ।

कम्पनीले इन्टरनेट नपुगेका स्थानहरुलाई प्राथमिकतामा राख्दै फ्री वाइफाई विस्तार गर्ने जनाएको छ । लोकल नम्बर नरहेका व्यक्तिहरुले ह्वाट्सएप नम्बर राखेरै फ्री वाइफाईमा कनेक्ट हुन पाउनेछन् ।





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १६:२६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया