उपत्यकामा एक सातामा १० हजार संक्रमित थपिए

काठमाडौं उपत्यका अहिले कोरोनाको ‘हटस्पट’ बनेको छ । पछिल्लो साता मात्रै उपत्यकामा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन् । 

उपत्यकामा निषेधाज्ञा खुलेसँग मानिसहरूको चहलपहल बढेको र स्वास्थ्य मापदण्ड पूरा पालना नगरिएका कारण संक्रमण संख्या ह्वात्तै बढेको हो । 

बिहीबार मात्रै उपत्यकामा २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये काठमाडौंका २०८५, ललितपुरका ३२० र भक्तपुरका १३५ छन् ।

उपत्यकामा संक्रमण दर ह्वात्तै बढेपछि पछिल्ला दिनमा अस्पतालमा समेत बेडअभाव हुँदै गएको छ । अधिकांश अस्पतालले नयाँ बिरामी लिन छाडेका छन् । 





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १८:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया