नेपाली लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपिएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन् ।
ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्यूनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।
सन्दीप हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई)मा रहेका छन् ।
यसैगरी अर्का नेपाली खेलाडी सुमन गौतम पनि एलपिएलको ड्राफ्टमा परेका छन् । सुमन हाल अष्ट्रेलियामा छन् ।
गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउनेछन् ।
आज हुने अक्सनबाट सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिए ।
लंका लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । श्रीलंका क्रिकेट बोर्डले पहिलोपटक लंका प्रिमियर लिग आयोजना गर्दै छ । उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।