बलात्कारीलाई गोली ठोक्नुपर्छ : मुख्यमन्त्री राउत

पछिल्लो समय देशभर बलात्कारका घटना बढेपछि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्नेबारे देशभर बहस चलेको छ । यस्तै बहसका बीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बलात्कारीलाई गोली ठोक्ने कानुन बनाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री राउतले भने, ‘साँच्चिकै भन्ने हो भने बलात्कारीलाई पब्लिकले गोली ठोक्नुपर्छ । बलात्कारीलाई आजीवन कैद गरेर मात्र हुँदैन ।’ बलात्कारीलाई कडा कारबाही नहुने गरेकै कारण बलात्कार देशभर बढेको उनको तर्क छ ।

संविधान संशोधन गरेर भए पनि बलात्कारीलाई गोली ठोक्ने कानुन बनाउनुपर्नेमा उनले जोड दिए । ‘सबैभन्दा ठूलो लोकतन्त्र र मानवअधिकारको वकालत गर्ने देश अमेरिका नै हो,’ मुख्यमन्त्री राउत भन्छन्, ‘तर, त्यहाँ पनि मृत्युदण्ड दिने कानुन छ । यहाँ किन हुन सक्दैन ? 

भारत, चीन, पाकिस्तान र धेरै लोकतान्त्रिक मुलुकले पनि बलात्कारीलाई मृत्युदण्ड दिने गरेको उनको भनाइ छ ।

पैसा र पावर भएका व्यक्ति केही समय थुनामा बसे पनि उम्किने गरेकोमा मुख्यमन्त्री राउतले दुःख व्यक्त गरे । उनले भने, ‘अपराधी विभिन्न कारणले उन्मुक्ति पाइरहेका छन् । कतिपय पीडितको त मुद्दा नै दर्ता हुँदैन । यो अत्यन्त दुःखद छ ।’

 





  • प्रकाशित मिति : असोज २३, २०७७ शुक्रबार १९:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया