मोरङमा  ६ जुवाडे पक्राउ

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ मा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन् । 

उनीहरु त्यहाँ अशोक राईको घरमा जुवा खेलिरहेका थिए । प्रहरीले शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट एक सेट कौडा, तीन बुक तास, २ लाख ५३ हजार नगद तथा स्कार्पियो गाडी, मोटरसाइकल र स्कुटरसमेत बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।





  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार ११:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया