सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनको रिपोर्ट शनिबार आएको हो । २२ असोजमा उनले स्वाब परीक्षणका लागि दिएका थिए । कोरोना संक्रमण पुष्टि भए पनि स्वास्थ्य सामान्य रहेको उनले बताएका छन् ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा आफ्नो कोरोना परीक्षण गराएको र आफूलाई कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन् । उनले आफूसँग सम्पर्क आएकाहरुलाई सुरक्षित रहन र कोरोना परीक्षण गराउन पनि अनुरोध गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।