डा. केसीको मागप्रति गम्भीर बन्न प्रधानमन्त्रीलाई नौजना वरिष्ठ चिकित्सकको अपिल

नौजना वरिष्ठ चिकित्सकहरुले आमरण अनशनमा रहेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेका छन् । उनीहरुले डा. केसीको मागप्रति गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपिल गरेका छन् । 

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई उनका मागबारे सकारात्मक हुन आग्रह गरेका हुन् । २७ दिनदेखि अनशनरत डा. केसीसँगको वार्तालाई निचोडमा पुर्याउने वातावरण बनाउन आग्रह गरेका छन्।

यसरी अपिल गर्नेमा डा. भरत प्रधान, डा. महेश मास्के, डा. चोपलाल भुसाल, डा. अर्जुन कार्की, डा.भगवान कोइराला, डा. सरोज धिताल, डा. अञ्जनीकुमार केसी, डा. मुक्तिराम श्रेष्ठ, डा. केदारनरसिंह केसी छन् । 





  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार १९:४८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया