श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गर्ने व्यक्ति पक्राउ

झापामा श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् । यो शनिबार साँझ पौने ६ बजेको घटना हो ।  

कमल गाउँपालिका-२ त्रिवेणी चोकका ३४ वर्षीय रामजी थापाले आफ्नै २४ वर्षीया श्रीमती रीता थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घरायसी विवाद हुँदा थापाले श्रीमती रीतामाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीले घाँटीमा लाग्दा रीताको घटनास्थलमै मृत्यु प्रहरीले जानकारी गराएको छ । 

प्रहरीले रामजीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।





  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार २०:९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया