दाङको बेलझुण्डी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीका अनुसार रुपन्देहीको तिलोतमा नगरपालिका वडा नं ३ निवासी ६६ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । 

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा असोज २२ गते कोरोना पोजेटिभ देखिएकी उहाँलाई बुटवलमा आइसीयू खाली नभएपछि उपचारका लागि शुक्रबार दाङ ल्याइएको थियो ।

मृतक महिलालाई लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको थियो । उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाइएको छ ।





  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार २०:२६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया