जसपाको केन्द्रीय कार्यकारिणी बैठक कात्तिक ३ र ४ गते

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठक आगामी कात्तिक पहिलो साता बस्ने भएको छ । केन्द्रीय कार्यसमिति गठनका विषयमा छलफल गर्न सो बैठक बोलाइएको हो । 

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४ गतेका लागि बैठक बोलाएका हुन् । 

बैठकमा संघीय परिषद्को अध्यक्ष चयन र परिषद् गठन, पार्टीको विधान संशोधन तथा नेतृत्वको कार्यविभाजनको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी समायोजनका लागि प्रदेश प्रतिनिधि समूह तोक्ने विषयमा पनि छलफल हुने बताइएको छ । 

तत्कालीन राजपा र समाजवादीबीच एकता भएर निर्माण भएको जसपाको ६ महिनासम्म केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । 





  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार २०:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया