यसरी बढाऔं शरीरमा हेमोग्लोबिन

काठमाडौं– हेमोग्लोबिन हाम्रो रगतको एक प्रमुख तत्त्व हो । यसको कमीका कारण थकान हुनुका साथै शरीर कमजोर भएको महसुस हुन्छ । आइरन तत्त्व यसको प्रमुख घटक हो । त्यसैले आइरनको मात्रा धेरै भएको खानेकुरा सेवन गरेको खण्डमा शरीरमा हेमोग्लोबिनको मात्रा छिटोछिटो बढ्छ । 

यदि तपाईंलाई दैनिक काममा थकान, कमजोरी तथा श्वासप्रश्वास बढ्ने समस्या छ भने सावधान हुनुहोस्, यो शरीरमा हेमोग्लोबिनको मात्रा कमीको लक्षण हुन सक्छ । एक साधारण जाँच गरेर यसको जानकारी लिन सकिन्छ । यदि वास्तवमै शरीरमा हेमोग्लोबिनको मात्रा कम हुन्छ, तब खानपान शैली परिवर्तन गरेर थोरै समयमा हेमोग्लोबिनको मात्रा बढाउन सकिन्छ । 

यसरी बढाउन सकिन्छ हेमोग्लोबिन

एक स्वस्थ वयष्क पुरुषको शरीरमा १४ देखि १८ मिलिग्राम तथा वयष्क महिलाको शरीरमा १२ देखि १६ मिलिग्राम हेमोग्लोबिन हुनु आवश्यक छ । यदि शरीरमा यसको मात्रा योभन्दा कम छ भने यस्ता उपाय अपनाएर हेमोग्लोबिनको मात्रा बढाउन सकिन्छ ।

हरियो तरकारी

हरियो तरकारीमा आइरनको मात्रा अधिक हुन्छ । यही आइरन तत्त्व हाम्रो शरीरमा रहेको हेमोग्लोबिन नामको प्राटिनको मुख्य घटक हो । त्यसैले आइरनको मात्रा भएको खाद्यवस्तु खानाले शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ । मेथी, पालुंगोजस्ता हरियो तरकारी खानाले शरीरमा हेमोग्लोबिनको मात्रा छिटो बढ्छ । 



भिटामिन ‘सी’ युक्त फलफूल

आइरनयुक्त खानेकुरा मात्र हेमोग्लोबिनको मात्रा बढाउन पर्याप्त हुँदैन । धेरै कारणले गर्दा हाम्रो शरीरले खानेकुरामा भएको आइरनको मात्रा ग्रहण गर्न सक्दैन । भिटामिन सीको परिपूर्तिले यो अवस्थामा हाम्रो शरीरलाई सहयोग गर्न सक्छ । त्यसैले भिटामिन सी युक्त फलफूल र तरकारी खानाले पनि हाम्रो शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ ।



फोलिक एसिड 

फोलिक एसिड भिटामिन बी कम्प्लेक्स हो । यसले शरीरमा रातो रक्ताकोशिका बनाउने काम गर्छ । यसका लागि हरिया पातवाला तरकारी, भात, टुसा उम्रिएका तरकारी, गहुँको दाना, अनाज, बदाम, केरा खान सकिन्छ । यसका अतिरिक्त चिकित्सकको सल्लाहअनुसार फोलिक एसिडयुक्त खाद्यवस्तु पनि प्रयोग गर्न सकिन्छ । 

चुकन्दरको रस

चुकन्दर खानाले या त्यसको रस पिउनाले पनि शरीरमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ । यसमा आइरन, फोलिक एसिड, फाइबर र पोटासियामको मात्रा पर्याप्त पाइन्छ । यसले शरीरको रातो रक्तकोषिकाको संख्या बढाउँछ ।
 

  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार २:२८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया