भरतपुरमा कोरोनाबाट वडाध्यक्षको मृत्यु

कोरोनाभाइरस (कोभिड १९) का कारण भरतपुरमा वडाध्यक्षको निधन भएको छ । निधन हुनेमा भरतपुर महानगरपालिका २० का वडाध्यक्ष मणिलाल तामाङ रहेका छन् । 

६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आइतबार विहान उनको निधन भएको अस्पतालले जनाएको छ । 

१४ असोजमा गरिएको पिसिआर परीक्षणमा तामाङलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी २३ असोजमा अस्पताल भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । तामाङलाई उच्च ज्वरोको पनि समस्या थियो । 





  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार १२:४६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया