आइतबारः कोरोनाबाट नेपालमा कम्तिमा ११ को मृत्यु

नेपालमा कोरोनाभाइरसको प्रभाव दिनहुँ बढिरहेको छ । संक्रमितको संख्या मात्र होइन, नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा पनि दैनिक वृद्धि भइरहेको छ । 

कोरोनाभाइरसका कारण नेपालमा आइतबार विहानदेखि मात्र कम्तिमा १० जनाको निधन भइसकेको छ ।

आइतबार नेपालमा कोरोनाका कारण धरानमा रहेको बीपी प्रतिष्ठानमा ३ जनाको निधन भएको छ । त्यस्तै, चितवनमा एक वडाध्यक्षले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । 

काठमाडौंमा इन्जिनियर्स संघका पूर्वअध्यक्ष सरोज देवकोटाले पनि कोरोनाका कारण ज्यान गुमाएका छन् । 

त्यस्तै, सुर्खेतमा ६५ वर्षीया महिला र कैलालीमा ५२ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ ।

उता, विराटनगरको नोबेल मेडिकल कलेजमा दुई जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 





  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार १२:५३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया