प्रदेश २ ले अब छुट्टै अनुसन्धान ब्युरो गठन गर्न पाउने, पारित भयो विधेयक
फाइल फोटो

लामो समयपछि आज बसेको प्रदेश २ को प्रदेशसभा बैठकले अनुसन्धान ब्युरो गठन सम्बन्धि विधेयक सर्वसम्मतिले पारित गरेको छ । बैठकमा ‘प्रदेश अनुसन्धान ब्युरो स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथि छलफल भयो । छलफलपछि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले पारित गर्न प्रस्ताव राख्दा सर्वसम्मत पारित भएको छ  ।

विधेयक पारित भएसँगै प्रदेश २ सरकारले अब छुट्टै अनुसन्धान ब्युरो गठन गर्न पाउने भएको छ । विधेयकमा प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको हित तथा विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवर्द्धन गर्न ब्युरोले सूचना संकलन गर्ने उल्लेख गरिएको छ ।

मन्त्री परिषदले कुनै विषयमा अनुसन्धान गर्नका लागि आदेश दिएमा ब्युरोले सो कार्य गरी प्रतिवेदन मन्त्री परिषदमा पेश गर्न सक्ने विधेयकमा व्यवस्था गरिएको छ । मन्त्री यादबले अनुसन्धान ब्युरो गठन भएपछि अपराध न्युनिकरण हुने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश प्रमुखले विधेयकलाई प्रमाणीकरण गरेसँगै कानुनको रुप लिनेछ ।





  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार १८:२०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया