विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको सोमबार बिहान बिहान ६ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पताल स्रोतका अनुसार शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना पुष्टि भएका पुरुषलाई उपचारका लागि आइतबार साँझ नोबेल अस्पताल ल्याइएको थियो।
राति १२ बजेतिर कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि संक्रमित पुरुषलाई बचाउन नसकिएको अस्पतालको भनाइ छ।
मृतकका दुवै मृगौलामा समस्या रहेको र उनले केही वर्षदेखि नियमित डायलासिस गराउँदै आएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।