नेपालमा पछिल्लो केही दिनदेखि उच्च संख्यामा कोरोना संक्रमित देखिन थालेका छन् । सोमवार ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
उनका अनुसार कोरोना संक्रमणबाट गत २४ घण्टामा नेपालमा थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६४५ जनाको मृत्यु पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ हजार ५३० पिसिआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म कुल ११ लाख ९१ हजार ५१४ परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
सोमबारमात्र १ हजार ४७३ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । मन्त्रालयका अनुसार सोमवार थपिएका नयाँ संक्रमितमध्ये २ हजार २८३ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।