गण्डकी प्रदेशले पारित गर्यो कृषि व्यवसाय प्रवर्द्धन विधेयक

गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो ।
    
यसअघि विधेयक माथिको छलफलमा सहभागी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, डोबाटे विश्वकर्मा, पियारी थापा र मधु अधिकारी गुरुङले निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन गर्दै यसको आधुनिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धिसँगै त्यसको बजारीकरणका लागि विधेयक महत्वपूर्ण हुनेमा जोड दिए । स्वच्छ र स्वस्थ कृषि उत्पादनसँगै कृषि पेशाप्रतिको आकर्षण बढाउनुपर्नेमा सदस्यको जोड छ । 
    
विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थापाले विधेयकले साना ठूला सबै कृषि व्यवसायीलाई समेटेको धारणा राखे । उत्पादनमा आधारित प्रोत्साहनमा अनुदानको व्यवस्था विधेयकले गरेको उल्लेख गर्दै उनले आगामी दिनमा वास्तविक कृषकले अनुदान प्राप्त गर्ने उल्लेख गरे ।

कृषियोग्य जग्गाको चक्लाबन्दीलगायतका विषय विधेयकमा समेटिएको उनले बताए । विधेयकसँगै कृषिको आधुनिकीकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गर्दै उनले यसले प्रदेशलाई कृषिमा आत्मनिर्भरतातर्फ लैजाने धारणा राखे ।





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार २०:२७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया