पूर्वमन्त्री रेणु यादवसहित परिवारका तीनजना र चालकमा कोरोना पुष्टि

पूर्वमन्त्री रेणु यादवसहित उनको परिवारका तीन सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जनता समाजवादी पार्टीकी नेतृ तथा संघीय सांसद समेत रहेकी यादव, उनकी बुहारी र सवारी चालकमा सोमबार कोरोना पुष्टि भएको हो । यसअघि नै उनका छोरा अभिषेक यादवलाई कोरोना पुष्टि भएको थियो ।

प्रदेश सांसद छोरा अभिषेकमा कोरोना पुष्टि भएपछि परिवारका सम्पूर्ण सदस्यले कोरोना परीक्षण गराएका थिए । परीक्षण गर्दा पूर्वमन्त्री यादव, सवारी चालक र बुहारीको रिपोर्ट पोजेटिभ आएको छ । अभिषेकका तीन वर्षीय छोरा र भान्सामा काम गर्ने एक युवकको रिपोर्ट भने नेगेटिभ आएको छ ।

पूर्वमन्त्री यादवलाई कोरोनाको कुनै लक्षण देखा नपरेको र अवस्था सामान्य रहेको बताइएको छ । अहिले चारैजना होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार २१:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया