विराटनगरमा उपचार गराइरहेका दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ ।
कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्र र विराट शिक्षण अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना ७१ वर्षका पुरुष रहेका छन् ।
उनी शनिबार मात्र अस्पतालमा भर्ना भएका थिए ।
त्यस्तै, सुन्दरहरैँचाका ४३ वर्षका पुरुषको पनि आज विहान मृत्यु भएको हो । उनी ४३ वर्षका थिए । उनी तीन दिनअघि अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।