लुम्बिनी प्रदेशकी उपसभामुखलाई पनि कोरोना

सभामुख र कानुनमन्त्रीलाई कोरोना पुष्टि भएको एक साता नबित्दै लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार कोरोना परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वाब दिएकोमा मंगलबार परीक्षणको रिपोर्ट आउँदा उनमा संक्रमण पुष्टि भएको हो ।

उपसभामुख थारुले सामाजिक संजालमार्फत् आफूलाई कोरोना पुष्टि भएको भन्दै आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सतर्क रहन अनुरोध गरेकी छन्।

उनमा संक्रमणका लक्षण भने केही पनि नदेखिएको उपसभामुखको सचिवालयले जनाएको छ । उनी अहिले सेल्फ आइसोलेसनमा छिन् ।





  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १९:४६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया