आइफोन १२ः एप्पलले लन्च गर्‍यो चार नयाँ फोन

अमेरिकी टेक कम्पनी एप्पलले आइफोन १२ को सिरिज लन्च गरेको छ । यो सिरिजमा एप्पले चार नयाँ मोडल बजारमा ल्याएको छ ।

एप्पलले नयाँ ल्याएको आइफोन १२ अब फाइभ जी नेटवर्कमा पनि काम गर्ने बताएको छ । 

एप्पलले यसपटक आइफोन १२, आइफोन १२ मिनिसँगसँगै आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स लन्च गरेको हो ।

कम्पनीले यसपटक ५.४ इन्च स्क्रिन भएको एक नयाँ मिनि मोडल पनि लन्च गरेको छ । 

अहिले विश्वभर कोरोनाभाइरस महामारीका कारण निकै आर्थिक मन्दी आएको छ । तर, यही समयमा पनि एप्पलले आफ्ना मोबाइल र अन्य उत्पादन बेचेर नाफा कमाएको छ । 

यी नयाँ फोन लन्च गर्ने कार्यक्रममा एप्पलका प्रमुख टिम कुकले भनेका छन्, ‘फाइभ जी डाउनलोड र अपलोडले नयाँ स्तरमा पर्फमेन्स गर्ने छ ।’



आइफोन १२ प्रोको स्क्रिन चाहिँ अन्य आइफोनको तुलनामा अलिक ठूलो छ । 

पहिलोपटक आइफोनले यसपटक हेडफोन र चार्जर ल्याएको छैन । एप्पलले पर्यावरणमा यसको प्रभाव कम गर्न यस्तो कदम उठाएको जनाएको छ ।



  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार ३:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया