८ जिल्ला जहाँ छन् ३ हजारभन्दा बढी कोरोनाभाइरस संक्रमित

नेपालमा केही दिन यता दैनिक सयौँ कोरोनाभाइरस संक्रमित थपिएका छन् । त्यस्तै केही दिन यता कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ ।

अब नेपालमा कोरोना संक्रमितको संख्याको हिसाबमा ३ हजारभन्दा बढी भएका जिल्ला ८ वटा पुगेका छन् ।

नेपालमा अहिलेसम्म सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएको जिल्ला काठमाडौं हो । मंगलबारसम्मको तथ्यांक हेर्दा काठमाडौंमा मात्र नेपालका ३० प्रतिशत हाराहारीमा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा अहिलेसम्म सबैभन्दा धेरै कोरोना संक्रमितले ज्यान गुमाएको जिल्ला पनि काठमाडौं नै हो । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा ३५ हजार ६ सय ३४ जना कोरोना संक्रमित भेटिएका छन् । त्यस्तै, काठमाडौंमा अहिलेसम्म कम्तिमा पनि १ सय ३६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

काठमाडौंपछि नेपालमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको जिल्ला हो, मोरङ । मोरङमा अहिलेसम्म ५ हजार ३ सय ३ जना कोरोना संक्रमित भेटिएका छन् । मोरङमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसपछि ललितपुरमा अहिलेसम्म ४ हजार ९ सय ३५ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । ललितपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।



नेपालमा तीन हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका अरु जिल्ला चाहिँ रुपन्देही (३९७१), भक्तपुर (३५००), सुनसरी (३२६६), चितवन (३१२०) र कैलाली (३०२३) रहेका छन् ।

यीमध्ये कैलालीमा बाहेक अरु सबै जिल्लामा ३० जनाभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।



  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार ३:४१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया