अर्को एउटा कोरोना भ्याक्सिनको पनि परीक्षण रोकियो

औषधी निर्माता कम्पनी इली लिलीले मंगलबार आफूले बनाइरहेको भ्याक्सिनमा समस्या देखिएको हुनसक्ने आशंकामा कोरोनाभाइरस भ्याक्सिनको परीक्षणलाई रोक्ने बनाएको छ । यो कम्पनीले एन्टीबडी पद्धतिबाट उपचार हुने भ्याक्सिनको विकास गर्दै थियो । 

यो कम्पनीको क्लिनिकल ट्रायलमा सहभागी एक व्यक्तिमा गम्भीर साइड इफेक्ट देखिएपछि यो कदम लिएको बताइएको छ । तर, यो कम्पनीले ती परीक्षणमा सहभागी व्यक्तिलाई के भएको थियो भन्नेबारे जानकारी दिएको छैन ।

‘अहिले लिलीका लागि सुरक्षा नै सबैभन्दा महत्वपूर्ण हो,’ यो कम्पनीका प्रवक्तालाई सिएनएनले उद्धृत गरेको छ ।

यसअघि जोन्सन एन्ड जोन्सनले पनि कोरोनाभाइरस भ्याक्सिनको परीक्षण रोकेको बताएको थियो ।





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार ३:४७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया