डा. फाउचीले भने– कोरोनाभाइरसको भ्याक्सिन विकास सही ट्र्याकमा छ

अमेरिकाका उच्च सरकारी वैज्ञानिक तथा सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले विश्व महामारी कोरोनाभाइरसको भ्याक्सिन अहिले द्रुत गतिमा बनिरहेको बताएका छन् । अहिले भ्याक्सिन निर्माणको काम सन्तोषजनक भएको उनले बताएका हुन् । डा. फाउचीले भ्याक्सिन निर्माणको काम साँच्चिकै सही ट्र्याकमा भएको बताएका हुन् । 

यही साता दोस्रो भ्याक्सिनको पनि उत्पादन बन्द भएको समयमा डा. फाउचीको यो अभिव्यक्ति आएपछि विश्वभर यसलाई विशेष प्राथमिकताका साथ हेरिएको छ ।

‘केही भ्याक्सिनहरु अब अन्तिम चरणमा पुगेका छन् र यसको विकासले साँच्चिकै राम्रो भइरहेको छ,’ डा. फाउचीले भनेका छन्, ‘ती भ्याक्सिनको विकास सन्तोषजनक छ ।’

सिएनएनमा प्रकाशित समाचारअनुसार डा. फाउचीले यो विषयमा अमेरिकाका विभिन्न राज्यका गर्भनरहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

‘यही नोभेम्बर वा डिसेम्बरसम्म हामी कुनै सुरक्षित भ्याक्सिनको विकास गर्न सकेका हुनेछौँ कि भन्ने लाग्छ,’ डा. फाउचीलाई सिएनएनले उद्धृत गरेको छ, ‘त्यहाँभन्दा अगाडि नै यो विषयमा जानकारी आउन पनि सक्छ ।’

उनले नोभेम्बर वा डिसेम्बरमा अहिले अन्तिम चरणमा रहेका भ्याक्सिनको वास्तविकता थाहा हुने र यसलाई त्यति बेला नै सबैभन्दा बढी आवश्यक भएका ठाउँहरुमा पुर्याउन सकिने पनि बताएका छन् । 



उनले अहिले अमेरिकामा दुई भ्याक्सिनको परीक्षण रोकिएकोमा आत्तिनु नहुने पनि बताएका छन् ।

‘यो अस्वभाविक होइन,’ उनले भनेका छन्, ‘हजारौँ मानिसमाथि गरिएको परीक्षणमा एक दुई जनामा समस्या देखिनुलाई सामान्य मान्नुपर्छ ।’ अनि उनले केही भ्याक्सिनको परीक्षण अहिले केही समयका लागि मात्र परीक्षण गर्न रोकिएको विषयमा पनि सचेत हुनु पर्ने बताएका छन् ।



  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार ४:१०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया