युरोपेली देशमा फेरि बढ्न थाले कोरोना संक्रमित, गर्न थालियो लकडाउन

केही दिन यता कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि युरोपका विभिन्न देशमा फेरि एकपटक लकडाउन गर्न थालिएको छ ।

युरोपेली मुलुक चेक रिपब्लिकमा कोरोना संक्रमितको संख्या बढेपछि तीन साता लामो लकडाउन गर्न लागिएको हो । अब त्यहाँ तीन साता स्कुलहरु बन्द हुनेछन्, बार र पबहरु खोल्न पाइने छैन ।

चेक रिपब्लिकमा केही दिन यता युरोपका अन्य मुलुकमा भन्दा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । त्यसैले त्यहाँका रेष्टुरेन्ट पनि बन्द गरिने भएका छन् । 

त्यस्तै, युरोपेली मुलुक नेदरल्यान्ड्समा पनि आशिंक लकडाउन गरिने भएको छ । त्यहाँ अब मास्क अनिवार्य बनाइएको छ ।

युरोपेली मुलुकमा अस्पतालहरुमा पनि अब बिरामीको संख्या बढ्न थालेको छ । बिबिसीमा प्रकाशित एक समाचारअनुसार अब पेरिसका अस्पतालहरु यो साताको अन्त्यसम्म ९० प्रतिशत भरिनेछन् । 

बुधबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले फेरि नयाँ प्रतिबन्धहरु लगाउन सकिने अनुमान गरिएको छ। 



यसअघि जर्मन चान्सलर एन्जेला मर्केलले पनि यस विषयमा आफूले अहिले गम्भीर भएर हेरिरहेको र आवश्यक परे लकडाउन गर्न सकिने बताएकी थिइन् ।



  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार ४:१९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया