काठमाडौंका १० ठाउँ जुन हुन् कोरोनाका ‘रेड जोन’

केही दिन यता नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकामा पनि दैनिक सयौँको संख्यामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । 

केही दिन यताको तथ्यांकलाई मात्र आधार मान्ने हो भने काठमाडौं जिल्लामा मात्रै पछिल्ला दिनमा एक हजारभन्दा धेरै संक्रमित दैनिक थपिएका छन् । 

काठमाडौं जिल्लामा पनि पछिल्लो समय महानगरपालिकाभित्र कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । 

महानगरका ३२ वडामध्ये १० वडा त कोरोना संक्रमणको रफ्तार निकै तीव्र रहेको छ । कोरोनाको हटस्पट बनेका यी १० ठाउँ स्वयम्भू, सोह्रखुट्टे, कोटेश्वर, कलंकी, महाराजगन्ज, कालिमाटी, त्रिपुरेश्वर, गौशाला, बानेश्वर र लैनचौर हुन् । क्रमशः वडा नम्बर १५, १६, ३२, १४, ३, १३, ११, ९, १० र २६ यी वडाहरुमा मात्रै कम्तिमा पनि ३ सयभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । 

काठमाडौं जिल्लामा मंगलबार साँझसम्मको तथ्यांकअनुसार ३५ हजार ६ सय ३४ कोरोना संक्रमित भेटिएका छन् । यीमध्ये कम्तिमा पनि ८ हजार ३ सय यी १० वडाका मात्र रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यीमध्ये झन्डै आधाभन्दा धेरै सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यी ठाउँमा अहिलेसम्म ३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
 





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार ४:३५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया