पोखरा आइपुगे च्याङ्‍ग्रा, गतवर्षको तुलनामा एउटैमा १० हजार बढ्यो

दसैँलाई लक्षित गरी मुस्ताङबाट भेडा च्याङ्‍ग्रा ल्याउने क्रम सुरु भएको छ । दसैँका लागि प्रत्येक बर्ष मुस्ताङसँगै देशका अन्य भागबाट भेडा च्याङ्‍ग्रा ल्याउने गरिएको छ ।

बुधबारसम्म एक हजारको हाराहारीमा भेडा च्याङ्‍ग्रा पोखरा भित्रिएको छ । विशेष गरी पोखरामा मुस्ताङ, डोल्पा, चीनको तिब्बत लगायतका क्षेत्रबाट भेडा च्याङ्‍ग्रा भित्रिने गरे पनि कोरोनाका कारण नाका बन्द भएकाले तिब्बतबाट आउन नपाउँदा यस वर्ष मुस्ताङ र डोल्पावाट मात्र आएका छन् ।

भेडा च्याङ्‍ग्रा बिक्रीका लागि पोखरा–२५ हेम्जामा पर्ने पोखरा बाग्लुङ राजमार्ग अन्तर्गत सडकका दायाबायाँ  किनारमा राखिएका छन् । गतवर्ष पोखरामा करिब ३५ हजारको हाराहारीमा भेडा च्याङ्‍ग्रा ल्याइएको भए पनि यस वर्ष नेपालका विभिन्न स्थानवाट गरि बढीमा १५ हजारको संख्यामा मात्र ल्याइने व्यापारीहरू बताउँछन् ।

नाका बन्दसँगै चीन र तिब्बतबाट भेडा च्याङ्‍ग्रा ल्याउन नपाउँदा गतवर्षको तुलनामा एउटैको मूल्य करिव १० हजारले बढी पर्ने व्यापारीहरू बताउँछन् । चीन र तिब्बतबाट नआउने भएपछि मुस्ताङमै व्यापारीहरूले मूल्य बढी लिएकाले गतवर्षको तुलनामा मूल्य बढी परेको व्यापारीको भनाइ छ ।

व्यापारीका अनुसार कात्तिकको सुरुमा मुस्ताङबाट सबै च्याङ्‍ग्रा पोखरा आइपुग्ने छन् । केही व्यवसायीले तिहारसम्म पनि च्याङ्‍ग्रा ल्याउने गरेका छन् । व्यवसायीका अनुसार मुस्ताङबाट पोखरासम्म भेडा च्याङ्‍ग्रा ल्याउन करिब १० दिन लाग्ने गर्छ ।





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १४:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया