स्नातकोत्तर तहको परीक्षा मङ्सिर दोस्रो साताबाट

त्रिभुवन विश्वविद्यालयको मानविकी संकायले गत चैतमा स्थगित स्नातकोत्तर तहको परीक्षा मङ्सिर दोस्रो साताबाट सञ्चालन गर्ने भएको छ । 

गत चैत ७ गतेदेखि स्थगित स्नातकोत्तर तह द्वितीय तथा चौथो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिरमा सञ्चालन गर्ने निर्णय गरिएको मानविकी तथा सामाजिक विज्ञानको डिन कार्यालयले जनाएको छ ।

यसका साथै स्नातक तहको विभिन्न सेमेस्टरको परीक्षा पुस पहिलो साताबाट सञ्चालन गरिने जानकारी डिन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालयले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने जिम्मा डिन कार्यालयलाई दिएपछि परीक्षा कार्यतालिका सार्वजनिक गर्न थालिएको हो ।
 





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १५:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया