मन्त्रिपरिषद् हेरफेर: विष्णु पौडेल अर्थमा, ईश्वर पोखरेलबाट रक्षा खोसियो
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरु थपेका छन् । मन्त्रिपरिषद् पुनर्गठन हुने भनिएपनि केही मन्त्रालयमा हेरफेर र रिक्त रहेका मन्त्रालयहरूमा नयाँ मन्त्रीको नियुक्ति मात्रै गरिएको छ । 

बुधबार दिउँसो प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यलयले नयाँ मन्त्री नियुक्त गरेको जानकारी दिएको हो ।  राष्ट्रपति कार्यालयको पत्र अनुसार ३ जना नयाँ मन्त्री थपिएका छन् । यसअघि उपप्रधान तथा रक्षामन्त्री रहेका ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीको मात्रै जिम्मेवारी तोकिएको छ। रक्षामन्त्री ‌ओली आफैँले राखेका छन् । 

अर्थ मन्त्रीमा नेकपाका महासचिव विष्णु पौडेललाई नियुक्त गरिएको छ। खाली रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा पार्वत गुरुङलाई दिइएको छ । गुरुङ यसअघि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिए । गुरुङको ठाउँमा यस मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गरिएको छ । कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयमा मन्त्रीमा नियुक्त गरिएको छ ।
अन्य मन्त्रीहरु यथावत छन्। 





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १८:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया