सुदूरपश्चिममा पहिलो पटक नियमित प्याराग्लाइडिङ

सुदूरपश्चिममा पहिलो पटक डोटीको रुबसकाँडामा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । परीक्षण उडान सफल भएपछि डोटीको जोरायल गाउँपालिका–२ को रुबसकाँडाबाट नियमित रुपमा साहसिक प्याराग्लाइडिङ सञ्चालनमा आएको हो ।  

छतिवन पर्यटन प्रवर्द्धन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको सुरुवात गरेको समितिका अध्यक्ष भरत कुँवरले बताए । 
रुबसकाडाको भगतडाँडा (भ्यू प्वाइन्ट) बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने उनले बताए । प्याराग्लाइडिङको ल्यान्डिङ छतिवन ताल, बुडर र बिथल गरी तीन स्थानमा गर्न सकिने अध्यक्ष कुँवरले बताए । दशैं तिहारलाई मध्यनजर गर्दै प्याराग्लाइडिङको सुरुवात गरेको उनले बताए ।

‘प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने उदेश्यले दसैंतिहारको उपलक्ष्यमा सुरुवात गरेका छौ’ उनले भने । ‘प्याराग्लाइडिङ मार्फत पोखरापछिको पर्यटकीय स्थल बुडरको झरना, छतिवन ताल र भगत डाडाँहरुको आकाशबाटै मजा लिन सकिनेछ ।’ प्याराग्लाइडिङको शुल्क ३ हजार ९ सय निर्धारण गरिएको छ ।
 





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १८:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया